अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो। २५ टन क्षमताका ती भट्टीहरूमा अचानक आगलागी हुँदा त्यहाँ कार्यरत कामदारहरू घाइते भएका हुन्।
आगलागीमा परी घाइते हुनेहरूमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको छ।
घाइते हुनेहरुमा बाँके जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार, सोही ठाउँमा २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५वर्षीय लक्ष्मीराम यादव रहेका छन् । उनीहरुमध्ये २ जनाको अवस्था मध्यम छ, भने ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्