लामिन यामालको जन्मदिन पार्टी विवादमा, छानबिन सुरु गरिँदै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • बार्सिलोनाका खेलाडी लामिन यामालको जन्मदिन पार्टीमा बौना व्यक्तिहरूलाई मनोरञ्जनको लागि भाडामा लिएको विषयमा कानुनी छानबिन हुने भएको छ।
  • यस्तो कार्य अपांगता भएका व्यक्तिको अधिकार र गरिमा विरुद्ध भएको भन्दै एक संस्थाले उजुरी दर्ता गराएको छ।
  • स्पेनको अपांगता निर्देशकालयले अभियोजन कार्यालयलाई छानबिन गर्न अनुरोध गरेको छ।

३१ असार, काठमाडौं । स्पेनको सामाजिक अधिकार मन्त्रालयले बार्सिलोनाका खेलाडी लामिन यामालको जन्मदिन पार्टीमा बौना (होचा/पुड्का) व्यक्तिहरूलाई मनोरञ्जनको लागि भाडामा लिएको विषयमा कानुनी छानबिन गर्न आग्रह गरेको छ।

frontline

१८औं जन्मदिनको अवसरमा लामिन यामालले बार्सिलोनाबाट करिब ५० किलोमिटर टाढा ओलिभेल्लामा आयोजित पार्टीमा युट्युबर, इन्फ्लुएन्सर र केही टिममेटहरूलाई सहभागी गराएका थिए। पार्टीमा बौना कलाकारहरूलाई राखिएको आरोप लागेपछि यो विषय विवादमा आएको हो।

स्पेनको अचोन्ड्रोप्लासिया तथा अन्य कंकाल विकृतिका व्यक्तिहरूको संघ (एडीइई)ले यस्तो कार्य २१औं शताब्दीमा ‘अस्वीकार्य’ भएको बताएको छ। यसले अपांगता भएका व्यक्तिको अधिकार र गरिमा विरुद्ध भएको भन्दै संघले कानुनी उजुरी दर्ता गराएको छ।

स्पेनको अपांगता निर्देशकालयले बीबीसीसँगको कुराकानीमा भनेको छ, ‘एडीइईले उजुरी दर्ता गराएको छ। त्यसैले हामीले अभियोजन कार्यालयलाई छानबिन गर्न अनुरोध गरेका छौं। यस किसिमको मनोरञ्जनले अपांगता भएका व्यक्तिको छवि बिगार्छ, भेदभावलाई बढावा दिन्छ, र तिनीहरूको अधिकारमाथि असर पार्छ।’

स्पेनको कानुनअनुसार मानव गरिमाविपरीत अपांगता भएका व्यक्तिलाई सार्वजनिक उपहास वा मजाकको लागि प्रयोग गर्ने कुनै पनि कार्यक्रम वा शोहरू निषेध गरिएको उल्लेख छ।

तर स्पेनको एक रेडियो स्टेशनसँगको अन्तर्वार्तामा भने एक कलाकारले आफूहरूलाई कुनै पनि समस्या नभएको बताएका छन् । ‘हामीले शान्तिपूर्वक काम गर्‍यौं। हामी मनोरञ्जनका लागि काम गर्छौं, हाम्रो शरीरको अवस्था फरक भयो भन्दैमा हामी काम गर्न नपाउने?’ उनले भने।

बार्सिलोनाले भने यो व्यक्तिगत विषय भएको भन्दै हाललाई टिप्पणी गर्न नमिल्ने जनाएको छ। तर थप जानकारी आएपछि क्लबको आधिकारिक धारणा फेरिन सक्ने जनाएको छ।

लामिन यमाल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here