“भानुभक्त: नेपाली भाषाका अमर दीप”
नेपाली साहित्यका आदिकवि हाै तिमी,
भाषा र संस्कृतिकाे चम्किलो तारा बनी ।
संस्कृत रामायण अनुवाद गरि,
नेपालीमा गाथा नयाँ थाली।।
भानुभक्त रामायण भयाे अमुल्य निधि
सादा भाषामा भावकाे गहिराइ बनी।
महाकाव्य पुर्यायाै आम नेपालीको मनमा,
बनायाै नेपाली ज्ञानकाे गहना जनजनका घरमा ।। वधुशिक्षा, गीति- कबिता , छन्द- सङ्ग्रह सारा,
तिमी हाै शिलालेख जस्ताे अटल र अमर धारा । भावनामा गहिराे , भाषामा सरल,
त्यसैले त भानुभक्त नाम भयाे अटल ।। धार्मिक चेतना , नैतिक शिक्षा
नारीमा देख्याै उज्यालाे दिशा ।
भाषामा दिए जीवनकाे स्वर ,
नेपालीलाई बनायाै गाैरवशाली घर ।
धनी कुलमा जन्मिए तापनि,
घाँसीकाे कर्मले छाेयाे मन भित्रबाटै
के मैले के गरे देशकाे लागि
लेख्याै सत्यकाे अमर गाथा साँचाे भनी ।। जनजनका भानुभक्त हाै तिमी
भाषा र भावकाे भक्त हाै तिमी ।
कविता र कर्मकाे दीप बनायाै,
नेपाली आत्मामा अमर भइ बस्याै ।।
असार २९ पावन छ याे दिन
नेपाली इतिहासकाे अमूल्य दिप
हरेक नेपाली सम्झन्छ याे दिन
भानुभक्त ! तिमीले लेख्याै अमर कृती
यही कृतीको सुबाशले मग्मगाउने छौ
नेपाली साहित्य आकाशमा
हर पल्, हर दिन हरेक बर्ष …!!!






प्रतिक्रिया दिनुहोस्