यौन दुराचारको अभियोगमा पूर्व अमेरिकी पुजारीलाई जेल चलान

७ पौष, ओकुसी ।  बालबालिकामाथि यौन दुराचार गरेको अभियोगमा पूर्व अमेरिकी पुजारीलाई जेल चलान गरिएको छ।

पूर्वी टिमोरको एक अदालतले दोषी ठहराएका पूर्व अमेरिकी पुजारी रिचार्ड ड्याचव्याचलाई मंगलबार १२ वर्षको लागि जेल चलान गरिएको हो।

frontline

रिचार्डले सन् १९९० को सुरुवातमा अनाथालय खोलेका थिए। सो अनाथालयमा उनले अभिभावक नभएका र उत्पीडनमा परेका बालबालिकालाई गाँस, बास र कपासको व्यवस्था दिँदै आएका थिए।

८४ वर्षीय ती पुजारीले १४ वर्षभन्दा मुनिका बालबालिकामाथि यौन दुराचार गर्ने गरेको र आफ्नो अनाथालयमा हुर्केका युवतीको अश्लिल भिडियो बनाउने गरेको भन्दै अभियोग लागेको थियो।

सो अभियोग लागेका ती पुजारीमाथि छानविन एवं अनुसन्धान अघि बढेको थियो। छानविनपछि पूर्वी टिमोरको अदालतले उनलाई केही दिनअघि दोषी ठहर गरेको थियो।

अदालतले दोषी ठहराएका उनलाई मंगलबार जेल चलान गरिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here