जनमतसंग्रह : अल्बर्टा क्यानडामै रहने पक्षमा दुईतिहाइभन्दा बढी मत

४ कात्तिक, काठमाडौं । जनमत संग्रहको प्रारम्भिक नतिजाअनुसार अल्बर्टा प्रान्तका दुईतिहाइभन्दा बढी मतदाताले क्यानडाकै हिस्सा बनेर रहन चाहेको बताएका छन् ।

क्यानडाबाट छुट्टिने कि क्यानडामै रहने भनेर अल्बर्टा प्रान्तमा सोमबार जनमत संग्रह गरिएको थियो ।

frontline

अल्बर्टा प्रान्तलाई देशबाट अलग गर्ने प्रस्तावको विपक्षमा दुईतिहाइभन्दा बढी मतदाता उभिएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई राष्ट्रिय एकता कायम राख्ने अभियानमा राजनीतिक बल मिलेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार अमेरिकासँग चर्किएको व्यापार युद्ध र राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि दिइरहेको दबाबका बीच आएको यो नतिजालाई क्यानडाको संघीय एकताका लागि महत्त्वपूर्ण सन्देशका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here