टेस्ला र स्पेसएक्स गाभ्ने मस्कको तयारी, दुवै कम्पनीमा विशेष समिति गठन

४ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्ने तयारी गरेका छन् । त्यसका लागि दुवै कम्पनीमा विशेष समिति गठन गरिएको छ ।

मंगलबार स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाबारे वित्तीय विश्लेषकहरूसँग भएको छलफलका क्रममा मस्कले टेस्ला र स्पेसएक्सबीचको सम्भावित एकीकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

frontline

यद्यपि, उनले कम्पनी गाभ्ने निर्णय भइसकेको अर्थमा बुझ्न नहुने स्पष्ट पारे ।

उनका अनुसार यस्तो सम्झौता अघि बढाउन दुवै कम्पनीका सेयरधनीको समर्थन आवश्यक पर्नेछ । दुवै कम्पनीमा गठन गरिएका विशेष समितिले अहिलेसम्म एकीकरणको सर्तबारे सहमति जुटाइनसकेको र सम्झौता हुने निश्चितता पनि नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here