ठेकेदार बेपत्ता भएपछि इँटा भट्टामा अलपत्र ४२ भारतीय श्रमिकको उद्धार

श्रीकान्त यादव रौतहट ।

रौतहट । भारतबाट ठेकेदारमार्फत काम गर्न रौतहट आएका ४२ जना भारतीय श्रमिक तथा बालबालिकालाई प्रहरीले तत्काल उद्धार गरेको छ।
इँटा भट्टामा काम गर्न आएका १२ जना पुरुष, ११ जना महिला, १० जना आश्रित बालक र ९ जना बालिका गरी ४२ जनालाई ठेकेदारले अलपत्र अवस्थामा छाडेर बेपत्ता भएपछि उनीहरू समस्यामा परेका थिए।
अलपत्र परेको सूचना पाएपछि रौतहट प्रहरी गौर भन्सार सुरक्षा चौकीका इन्चार्ज दीपक यादवको नेतृत्वमा प्रहरी टोलीले तत्काल उद्धार गरेको हो। उद्धार गरिएका उनीहरूलाई आवश्यक समन्वयपछि भारतीय एसएसबीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
ठेकेदारले काममा लगाउने भन्दै भारतबाट ल्याएका श्रमिक तथा आश्रित परिवारलाई बीचमै अलपत्र पारेर सम्पर्कविहीन भएपछि उनीहरूको उद्धार गरिएको हो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा समन्वय भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here