नाबालिगमाथि दुर्व्यवहार र भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिना जेल
काठमाडौं : सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ ।
४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले सजाय सुनाएको हो । उनले नाबालिगसँग सम्बन्धित दुर्व्यवहार र बाल दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादनका तीनवटा आरोप स्वीकार गरेका थिए ।
अदालतका अनुसार घटना सन् २०२४ मा भएको थियो । त्यसबेला चाउ सिंगापुर सेनामा क्याप्टेनका रूपमा कार्यरत थिए। उनका पूर्वसाथी २६ वर्षीय ओवेन तोह वेई सोङले अनलाइनमार्फत १५ वर्षीय विद्यार्थीसँग परिचय गरी चाउसँग भेट गराएका थिए। विद्यार्थीलाई चाउको उमेर ३२ वर्ष रहेको बताइएको थियो ।






प्रतिक्रिया दिनुहोस्