भारतमा थपिए एकैदिन झण्डै ४ लाख संक्रमित, ३५ सय भन्दा धेरैको मृत्यु ।
फ्रन्टलाइन विश्व परिवेश । भारतमा एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ३५ सयभन्दा धेरैको ज्यान गएको छ ।
बेलायती भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा पछिल्लो २४ घण्टामै ३५ सयभन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतमा एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै हो। सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ।
त्यस्तै ब्राजिलमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २८ सय ४३ जनासहित ब्राजिलमा अहिलेसम्म चार लाख एक हजार एक सय ८६ जनाको ज्यान गएको हो।
विश्वमा अहिलेसम्म १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन्।






प्रतिक्रिया दिनुहोस्