बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावास प्रवेशमा रोक
फ्रन्टलाइन, विश्व परिवेश । बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई राजदूतावास भित्र प्रवेशमा रोकिएको छ । म्यानमारमा भएको सैन्य शासनको विरोध गर्दै आएका मिनले आफ्नै दूतावास प्रवेश गर्न नपाएका बीबीसीले जनाएको छ ।
उहाँले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई भित्र प्रवेश गर्न नदिइएको बताउनु भएको छ । अन्य कर्मचारी भित्रै रहेका बेला आफूलाई घण्टौँसम्म पनि प्रवेश गर्न नदिइएको उहाँले बताउनु भएको छ ।
गएको फेब्रुअरी १ तारिखमा म्यानमारका सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएपछि बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनले विरोध गर्दै आउनु भएको थियो । म्यानमारमा सैन्य ’कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शनमा अहिलेसम्म बालबालिकासहित ५ सयभन्दा धेरैको ज्यान गएको छ ।






प्रतिक्रिया दिनुहोस्