बुढीगण्डकीमा बाढी : प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार
काठमाडौं : बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार भएको छ। एम आइ सेभेन्टिनसहित ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले ३६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार १२ बजेसम्म जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु र १ विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको छ। अन्य सुरक्षा निकाय तथा सरकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्