“जेनेरेसन जेड : पहिचान, आकांक्षा र राजनीतिक चेतनाको नवनिर्माण”

Gen z age 13 देखि 28 वर्षको उमेर समूह वा नव पुस्ताकाे उमेर समूह हाे । याे उमेर समूह भनेकाे मानव जिवनकाे एक महत्त्वपूर्ण चरण हाे । विभिन्न मनाेबैज्ञानिक र समाज शास्त्रीहरुकाे सिद्धान्त अनुसार याे उमेर समूहकाे विकासकाे साथै उनीहरुकाे विशेषताहरु र प्रकृयाहरु वुझ्न उनीहरुले आफ्नो धारणाहरु व्यक्त गरेका छन् ।याे उमेर समूहमा मानसिक र शारीरिक रुपले तीव्र बिकास हुँदै जाने हुनाले अभिभावकले समाजले राष्ट्रले नै एकदमै ध्यान दिनु आबस्यक हुन्छ , याे अबस्थामा उनीहरुकाे इछ्छा अनुसारकाे वातावरण राष्ट्रले सिर्जना गर्नुपर्ने हुन्छ । याे समुह पहिचान खाेज्ने ,सीप विकास गर्ने र भविष्यकाे दिशा बनाउने चरण हाे ।

आफू काे हाे ? आफ्नो मूल्य र पहिचान के हाे ? बुझ्ने कुराकाे खाेजी गर्ने आत्मविश्वास ,आत्मसम्मान र स्वतन्त्रताको चाहना , साथी र समाजवाट स्वीकृति , सम्मान र आफ्नाे विचारकाे कदर, राम्रो पढाइ सीप र तालिमकाे पहुँच ,नयाँ कुरा सिक्ने , टेक्नोलोजीमा निपुण हुने । विदेश अध्ययन नयाँ क्षेत्र /पेशा बुझ्ने चाहना ,स्थिर र अर्थपूर्ण काम , उचित पारिश्रमिक ,उध्यमशिलता , नयाँ व्यवसाय सुरु गर्ने अवसर ,समान अवसर र न्यायपूर्ण भर्ति प्रणाली , विवाह सम्वन्धकाे स्पस्टता र सुरक्षाकाे चाहना परिवारसँग राम्रो सम्बन्ध , तर स्वतन्त्र निर्णय गर्न पाउने चाहना ,भ्रष्टाचार रहित पारदर्शी प्रणाली ,नयाँ नेतृत्व , नयाँ साेच र युवामैत्री नीति आफ्नाे आबाज सुन्ने सरकार ,डिजिटल स्वतन्त्रता , नयाँ प्लेटफर्म र प्रविधिकाे उपयाेग ।म के हाे ? म के गर्न सक्छु ? मलाई समाजमा कस्तो स्थान मिल्छ ? र मेराे भविष्य कस्ताे बनाउने ? जस्ता प्रश्नको जवाफ खाज्ने हुन्छन् ।त्यसैले उनीहरूलाई शिक्षा सीप , राेजगारी सम्मान , स्वतन्त्रता र सुरक्षाकाे चाहना प्रमुख हुन्छ ।

frontline

नेपालमा भएको जेनजेड पुस्ताकाे आन्दोलनले सत्ता नै परिवर्तन गरिदिएकाे छ । यस्काे मुख्य कारणहरु राजनैतिक नेताहरु र तिनका परिवारहरुकाे उच्च जीवनशैली अपनाउने ,सार्वजनिक सम्पत्तिको दुरुपयाेग गर्ने राेजगारी नपाउने ,जनताले तिरेकाे करले आफ्नो जीवनस्तर देखाउने जस्ताे विषयहरुले ठूलो असन्तुष्टि पैदा भएकोछ । अहिलेकाे युग भनेकाे टेक्नोलोजीकाे युग हाे ।डिजिटल आक्राेशबाट सामाजिक सञ्जाल बन्द भएपछि त्याे आक्रोशले प्रत्यक्ष आन्दोलन तर्फ धकेलियाे ।

याे राजनितिक सचेतनाकाे सशक्त लहर हाे । डिजिटल अभियानलाई सडक आन्दोलनमा बदल्ने सीप देखियाे , भविष्यमा युवाले नयाँ नयाँ मुद्दा उठाउँदा याे तवरले असर पार्न सक्नेछन् । प्रधानमन्त्रीकाे राजीनामा , निर्णय फिर्ता जस्ता कदमले सन्देश दियाे कि जनताकाे दवाब २०८२ भदौ २३ र २४ गतेकाे जेन्जी पुस्ताकाे आन्दोलनमा धेरै जेन्जी पुस्ताले बलिदान दिएका छन् र धेरै घाइते भएका छन् ।याे आन्दोलनले नेपाली युवाकाे राजनीतिक चेतना र दबाबकाे शक्ति देखिएकाे छ । याे लहरलाई स्थाइ सुधारमा रुपान्तरण गर्न स्पष्ट याेजना नेतृत्व र संस्थागत सुधार हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here