मनोहरामा प्रतिकारपछि प्रहरी पछि हट्यो
मध्यपुरथिमि–१ स्थित मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ। सरकारले दिएको समयसीमाभित्र केही बासिन्दाले बस्ती नछोडेपछि शनिबार साँझ डोजर चलाइएको हो।
साँझ करिब पौने ६ बजे १० वटा डोजर परिचालन गरी घरटहरा भत्काउन सुरु गरिएको थियो। त्यसअघि सामान हटाउन प्रहरीले सहयोग गरेको थियो। तर, बल प्रयोग गरेर टहरा भत्काएको भन्दै आक्रोशित बस्तीबासीले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।






प्रतिक्रिया दिनुहोस्