गोठाटार र मनोहरा टोल खाली गरिने
काठमाडौँ उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती खाली गराउने कार्य जारी रहेको सरकारले जनाएको छ। शनिबार तीन बस्तीमा डोजर चलेको छ भने आइतबार थप दुई बस्ती खाली गराइने भएको छ।
शनिबार काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ। त्यस्तै, काठमाडौँ-९ स्थित गैरीगाउँ र काठमाडौँ-३१ स्थित शान्तिनगरको बस्ती खाली गर्ने क्रम जारी प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्