असफलता नै सफलताको पहिलो खुड्किलो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त भएकी रेणुका गुरुङ आइतबार सिंहदरबारमा भेटघाटमै व्यस्त थिइन् ।

नजिकका आफन्त, चिनजानका साथीहरूबाट अहिले उनलाई बधाईको ओइरो लागिरहेको छ ।

frontline

एक किसिमले भन्ने हो भने उनले नसोचेको सफलता हात पारेकी छिन् ।

आफू मन्त्री बन्दैछु भन्ने उनलाई नै थाहा थिएन ।

गुरुङ पेशाले पूर्व शिक्षिका हुन् ।

श्रीमान् भने नेपाली सेनामा जागिरे थिए ।

सुनसरीबाट काठमाडौं प्रवेश गरेपछि उनी सतुंगलमा रहेको जेसी स्कूलमा पढाउँथिन् ।

समयक्रमसँगै उनी समाजसेवामा सक्रिय भइन् ।

अहिले पनि उनले दुई वटा गैरसरकारी संस्थाको नेतृत्व गरिरहेकी छिन् ।

तत्कालीन संघीय समाजवादी फोरमले सदस्यता दिएको १५ दिनमै स्थानीय तहको निर्वाचन भयो ।

उनले उपमेयरमा उम्मेदवारी दिइन् ।

करीब ९ हजार भोटसहित एमाले उम्मेदवार विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वीको पनि ८ हजार भन्दा बढी मत आएको थियो ।

तर उनले जम्मा ९९ मत मात्रै प्राप्त गरिन् ।

त्यसबेला पार्टीको संगठन नै नभएको र छोटो समयमा चुनावमा उठेकाले आफूले धेरै अपेक्षा पनि नगरेको उनी बताउँछिन् ।

पहिलो पटकमा नै यस्तो नतिजा हात परे पनि उनले हिम्मत हारिनन् ।

त्यो असफलता नै सफलताको पहिलो खुड्किलो रहेछ भन्ने अहिले आएर पुष्टि भयो ।

उनी उपमेयर हारे पनि पार्टीले समानुपातिक सूचीमा राख्यो र अहिले राज्यमन्त्री छिन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here