चिनियाँ राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको भेट

News Summary

Generated by OK AI. Editorially reviewed.

  • भारतका विदेशमन्त्री एस जयशंकरले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गरेका छन्।
  • जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, \’मैले हाम्रो द्विपक्षीय सम्बन्धमा हालैका दिनमा भएका विकासक्रम बारे उहाँलाई जानकारी गराएँ।\’
  • जयशंकर शांघाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन् र यसअघि चिनियाँ विदेश मन्त्री वाङ यीसँग पनि भेटवार्ता गरेका थिए।

frontline

३१ असार, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बेइजिङमा भएको भेटवार्ताबारे जयशंकरले सामाजिक सञ्जाल एक्समा जानकारी दिएका छन् ।

‘मैले हाम्रो (भारत र चीनबीचको) द्विपक्षीय सम्बन्धमा हालैका दिनमा भएका विकासक्रम बारे उहाँ (सी जिनपिङ) लाई जानकारी गराएँ,’ उनले लेखेका छन्, ‘यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौँ।’

जयशंकर शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।

यसअघि सोमबार उनले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए।

चिनियाँ समकक्षीसँग भेटवार्तापछि जयशंकरले भारत–चीनबीचको द्विपक्षीय सम्बन्ध तथा सीमा सम्बन्धी विषयहरूमा छलफल भएको बताएका थिए।

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) क्षेत्रमा सन् २०२० मा उत्पन्न सैन्य तनाव र त्यसपछि दुई देशबीचको सम्बन्धमा आएको चिसोपनपछिको यो जयशंकरको पहिलो चीन भ्रमण हो।

एस जयशंकर |चिनियाँ राष्ट्रपति |भारतीय विदेशमन्त्री |सी जिनपिङ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here