विपक्षीले आज पनि मागे गृहमन्त्रीको राजीनामा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागे।
  • सभामुखले बैठक सञ्चालन गर्न प्रयास गरे पनि विपक्षी सांसदहरूले अवरोध गरेका छन्।
  • सभामुखले विपक्षी दलहरूलाई दलीय आधारमा बोल्न समय दिने बताइरहेका छन्।

१४ जेठ, काठमाडौं । संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा पुनः उठाएका छन् ।

frontline

प्रतिनिधिसभाको बुधरबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् ।

सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् । सभामुखले बसेर बैठक सञ्चालनमा सघाउन पटकपटक आग्रह गरेका छन् ।

उनले दलीय आधारमा बोल्न समय दिने बताइरहेका छन् । विपक्षी दलका सांसदहरूले भने गृहमन्त्रीको राजीनामा मागिरहेका छन् ।

प्रतिनिधिसभा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here