न्यायाधीशमाथिको महाभियोग प्रक्रिया तिहारपछि

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरू विवादास्पद बिचौलिया इनम सापकोटासँगको सम्पर्क र भेटघाटका कारण विवादमा परेपछि सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सक्रिय छन्। केही दिनयता उनी संविधान र कानुनका विज्ञ, पार्टीका कानुन व्यवसायी पृष्ठभूमिका सांसद तथा सरकारका प्रमुख पदाधिकारीसँग निरन्तर परामर्शमा छन्।

भेटघाटको केन्द्रमा लामिछानेका दुई प्रश्न छन्– न्यायालयप्रतिको जनआस्था खस्किरहेका बेला सुधारको प्रक्रिया कसरी अघि बढाउने र आचारसंहिता विपरीत काम गरेको आरोप लागेका न्यायाधीशमाथि महाभियोग प्रस्ताव अघि बढाउँदा त्यसको कानुनी, संवैधानिक तथा राजनीतिक प्रभाव कस्तो पर्छ ? सभापति लामिछानेको यो सक्रियताले महाभियोग प्रस्तावलाई शीघ्र अघि बढाउने उनको चाहना देखाउँछ। तर, पार्टीभित्रै सबैको मत एउटै छैन। एकथरी सांसद तत्काल संसद् बोलाएर महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा छन् भने अर्काथरी पहिले छानबिन र प्रमाण संकलन गरेर मात्रै प्रस्ताव अघि बढाउनुपर्ने तर्क गरिरहेका छन्।

frontline

लामिछानेले बुधबार प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग महाभियोगको विषयमा छलफल गरेका थिए। बिहीबार उनले कानुनमन्त्री सोबिता गौतम र सभामुख डोलेन्द्रप्रसाद अर्यालसँग महाभियोग प्रस्ताव र संसद् आह्वानका विषयमा छलफल गरेको स्रोतले बतायो। त्यस्तै शुक्रबार कानुन व्यवसायी पृष्ठभूमिका १४ जना सांसदहरूसँग भेटघाटपछि उनले शनिबार सचिवालय बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here