असई कुन्जाङ छोपेल शेर्पाद्वारा सगरमाथाको सफल आरोहण

समाचार सारांश
- असई कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरिन्।
- सोमबार बिहान ८:५६ मा शेर्पाले शिखर चुमेकी हुन्।
- प्रहरी प्रधान कार्यालयले शेर्पालाई बधाई दिएको छ र उनी साइबर ब्यूरोमा कार्यरत छिन्।
काठमाडौं । नेपाल प्रहरीकी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् ।
सोमबार बिहान ८ बजेर ५६ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर आरोहरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आईजीपी दीपक थापाले उनलाई बधाई दिएका छन् ।
उनी प्रहरीको साइबर ब्यूरोमा कार्यरत छिन् । चैत २५ मा उनलाई आईजीपी थापाले लैंगिक हिंसा विरुद्धको नारासहितको व्यानर हस्तान्तरण गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्