हेटौंडा उपमहानगरले खानेपानी ट्याङकीको उदघाटन

हेटौंडा उपमहानगरपालिकाले खानेपानी ट्याङकीको उदघाटन गरिएको छ । नगरप्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आइतबार उद्घाटन गरेका हुन् ।
 

जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा तथा  खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाको रू दुई करोड ४० लाख सयुक्त लगानीमा निर्माण भएको हो । ट्याङ्कीको खानेपानी भण्डारण क्षमता  तीन लाख लिटर रहेको पालिकाले जनाएको छ। 

frontline

हेटौंडा उपमहानगरपालिकाकाले उक्त ट्याङ्कीबाट  उक्त वडाको भित्री ग्रामीण क्षेत्रमा  पानी लैजानका लागि दुई दशमलव चार किमी मुख्य पाइपलाइन तथा करिब १७ किलोमिटर शाखा  पाइपलाइन विस्तार एवं जडान गरेर खानेपानीको सुविधा पु¥याएको प्रमुख लामाले जानकारी दिए ।
 
समारोहमा नवनिर्मित खानेपानी ट्याङ्की हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई हस्तान्तरण गरिएको छ । ट्याङ्की निर्माणपछि हेटाँैडा वडा नं १४ को वनेलधाप र कालापानीमा रहेका चार सय २५ घरपरिवारले खानेपानीको समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

अहिलेको वडा नं १४ र तत्कालीन चुरियामाई गाविसको वडा नं १ र दुईमा रहेको वनेलधाप र कालापानीमा खानेपानीको ठूलो समस्या थियो । उनीहरु छिमेकी बारा जिल्लाबाट पानी ढुवानी गरेर ल्याउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here