नवनिर्वाचित राष्ट्रपति पौडेललाई एनआरएनएद्धारा बधाई

काठमाण्डौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिफोर्निया, अमेरिकाले हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । पौडेल बिहिवार संघिय गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएसँगै एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाले संयुक्त रुपमा एक विज्ञप्ति जारी गरेर बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

बधाई दिँदै अध्यक्ष मरासिनी र महासचिव लामाले राष्ट्रको गरिमामय पदमा एक आम नेपालीको आरोहणले जनताको सर्वाेच्चतालाई स्थापित गरेर नेपाल र नेपालीको आत्म सम्मान अभिवृद्धि गरेको भन्दै सबै जाति, वर्ग, क्षेत्र र समुदायलाई समेटेर दलगत स्वार्थभन्दा माथि उठि संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल निर्माण गर्ने अत्यन्त चुनौतीपूर्ण क्षणमा यहाँ जस्तो अनुभवी र नेपाली राष्ट्रियताको सम्वर्दनमा जीवन समर्पण गरेको व्यक्ति मुलुकको तेस्रो राष्ट्रपति गरिमामय पदमा निर्वाचित हुनुले नेपालको शान्ति प्रक्रियालाई बल पु¥याएको उल्लेख गर्नुभएको छ । उहाँहरुले वैकल्पिक संस्थाको रुपमा परदेशमा रहेर पनि आफ्नो मातृभूमिको निम्ती केही न केही सहयोग गर्नुपर्छ भन्ने महान सोचका साथ आफुहरुले स्थापना गरेको एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिफोर्नियाले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकीकृत गर्दै ट्रेर्डमार्क लागो दर्ता सहित नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको स्मरण गर्दै यस कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलको मार्गदर्शनको अपेक्षा लिएको बताउनु भएको छ ।

frontline

“हाम्रो संस्थाको तर्फबाट राष्ट्रपति महोदयलाई पूर्ण सहयोग हुने विश्वास दिलाउन चाहन्छौं । राष्ट्रपति महोदयको कार्यकाललमा नेपालले विश्वभरी आफ्नो छवि उच्च पार्न सकोस यही हाम्रो अभिलाषा छ । पुनः एक पटक यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै नेपालमा समावेशी एवम् समृद्ध लोकतान्त्रीक व्यवस्थाको विकासतर्फ निर्णायक पाइलाहरुको अपेक्षा गर्दछौं । यहाँको व्यक्तिगत सुस्वास्थ एवम् सम्पूर्ण नेपाली जनताको सुख, समृद्धि एवम् प्रगतिको कामना गर्दछौं, अध्यक्ष मरासिनी र महासचिव लामाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षा सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ। शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here