प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति

तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८०मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले हरेक वडाका दुईदुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here