वसन्तपुरमा होली उत्सव

रंगहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ ।

विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । काठमाडौंको वसन्तपुर दरवार स्क्वायरमा होली विशेष कार्यक्रमको आयोजना गरिएको छ, जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका छन् ।

frontline

बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् भने कोहीले सेल्फी लिइरहेका छन् ।

बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।

होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

यही फागुन १५ गते वसन्तपुरमा चीर ठड्याइएको थियो । वसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here