राप्ती गाउँपालिकाले थाल्यो चौतारो संरक्षण अभियान

दाङ देउखुरी । हिँड्दा हिँड्दै थकाइ लाग्यो भनेर चौतारोमा बसेर शीतल हावा खानुको मजा नै बेग्लै हुन्छ । तर हिजोआज यस्तो मजा कहाँ पाउनु ! भारी बिसाउने, दुःखसुखका गफ गर्न पितापुर्खाले बनाएका चौतारो अहिले मासिंदै गएका छन् । तिनै मासिंदै गएका चौतारोको संरक्षण अभियानमा दाङको राप्ती गाउँपालिका जुटेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको पहलमा राप्ती गाउँपालिका वडा नं. ५ को करङ्गेमा बर–पिपलको रुख मुनि ढुंगा बिच्छ्याएर चौतारो निर्माण गरिएको छ । चौतारो बनाउन स्थानीयले श्रमदान गरे । गाउँपालिका अध्यक्ष विष्टले पनि घनले ढुंगा फुटाउने, ढुंगा बोक्ने काम गरेर स्थानीयलाई सघाए ।

frontline

अध्यक्ष विष्ट भन्छन्, ‘चौतारो गाउँको सुन्दरता पनि पनि हो, त्यो सुन्दरता फर्काउन र गाउँबाट हराएको हाम्रो गाउँलाई खोजेर फेरि गाउँमा नै फर्काउन चौतारो संरक्षणमा जुटेका छौं ।’

करङ्गे गाउँ राप्ती गाउँपालिकाको विकट पहाडी गाउँहरुमध्ये एक हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिसहनियाँबाट सात किलोमिटर उत्तरमा पर्ने यो गाउँसम्म पुग्ने मोटर बाटो कच्ची छ । बर्खामा पहिरो झरेर त्यो बाटो पनि बन्द हुन्छ । नियमित यातायातका साधन चल्दैनन् । एम्बुलेन्स नपाइँदा बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्छ । भनेको बेला गाडी नपाइने भएपछि घण्टौं पैदल हिँडेर किनमेल गर्न सिसहनिया बजार आउ–जाउ गर्नुपर्छ । गर्मीको बेलामा त झन् पैदल हिँड्न सास्ती हुन्छ । हिँड्दाहिँड्दै थकाइ लाग्यो भने एकछिन सुस्ताउने व्यवस्थित खालको सार्वजनिक ठाउँ र छहारी छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here