खैरहनीमा जंगली हात्तीको आक्रमणबाट तीन जना घाइते

फाइल तस्बिर

१५ माघ, चितवन । खैरहनी नगरपालिकाको हर्नरीमा जंगली हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा काम गर्न जाने क्रममा आइतबार बिहान करिब ७ बजे तीन जना महिलालाई हात्तीले आक्रमण गरेको हो ।

frontline

घाइते तीनैजनालाई उपचारको लागि भरतपुर पठाइएको छ । खैरहनी–१३ का वडा अध्यक्ष कुल प्रसाद भुसालका अनुसार जंगलको सिमाना जोडिएको इलाफेन्ट केयर नेपाल नजिक जंगली हात्तिले उनीहरुलाई आक्रमण गरेको हो।

केहिदिन देखि उक्त हात्तीले खैरहनी १२ र १३ मा आतंक फैलाउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here