भारी वर्षाका कारण न्युजिल्याण्डको अकल्याण्डमा आपत्काल घोषणा
१५ माघ, एजेन्सी । मुसलधारे वर्षासँगै आएको बाढीले न्युजिल्याण्डको सबै भन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ ।
बाढीले बगाउँदा हालसम्म ३ जना मानिसको मृत्यु भएको हाे । अर्का एक जना वेपत्ता भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले आपत्कालीन सेवालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभएको छ ।
भारी वर्षाका कारण घरहरू जलमग्न हुनुका साथै यातायात सेवा ठप्प भएको छ । आवासीय क्षेत्र र व्यवसायिक प्रतिष्ठानमा नियमित विद्युत् आपूर्ति हुन सकिरहेको छैन । बाढी विमानस्थलमा समेत प्रवेश गरेको छ ।
बाढी प्रभावितका लागि अकल्याण्डका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन् । उद्धारका लागि सयौ उद्धारकर्मीहरु खटिएका छन् ।
प्रधानमन्त्री हिपकिन्सले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्दै प्रभावित भएका मानिसहरुलाई धैर्य धारण गर्न अपील गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्