पाँच कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि धनुषा

धनुषामा ,

धनुषामा हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

frontline

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। 

उनका अनुसार पिसिआर परीक्षण गरिएका ७ जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

‘मुद्दा फैसला भएर कारागार पठाउनुभन्दा पहिले हामीले उनीहरूको पिसिआर गराउनुपर्ने हुन्छ,’डिएसपी मिश्रले भने,‘ बन्दीमध्येका ७ जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको हो।’ 

डिएसपी मिश्रका अनुसार संक्रमण पुष्टि भएका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको आइसोलेसनमा राखिएको छ। 

संक्रमितहरू २२ देखि ४० वर्ष उमेर समूहको रहेको डिएसपी मिश्रले बताए।  जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा अहिले जम्मा ५८ जना कैदीबन्दीछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here