गुरुकुलले लिए ६ छात्राको अभिभावकत्व

४ भदौ, महोत्तरी । मटिहानीस्थित देशकै जेठो गुरुकुल राजर्षि संस्कृत माध्यमिक विद्यालयले आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट बन्चित रहेकी ६ जना छात्राहरुको अभिभावकत्व ग्रहण लिएका छन्। 

शनिबार विद्यालयका प्राचार्य ईश्वरी पौडेलले घरमा गई कक्षा १२ सम्म निःशुल्क रूपमा पठनपाठनको व्यवस्थापन गरिने प्रतिवद्धताका साथ अभिभावकत्व ग्रहण गरेका हुन्।

frontline

जलेश्वर नगरपालिका- ५ का पर्सापतैली र चौरिया गाउँका सिमान्तकृत, पिछडिएका समुदायका घरमा गई उच्च शिक्षा दिलाउने अवसरमा पाएकोमा आफूलाई गौरवान्वित महसुस भइरहेको प्राचार्य पौडेलले बताए। 

उनले भने, ‘विगतमा पनि चमार, राउत, खत्वेजस्ता आर्थिकरूपले विपन्न एवम् पिछडिएका समुदायका छात्राहरू आर्थिक अभावकै कारण उच्च शिक्षा लिनबाट बन्चित थिए।

यसपटक उच्च शिक्षामा यस्ता छोरीको पनि पहुँच बनाउने गुरुकुलको उद्देश्यअनुसार आफूले पहलकदमी लिएको छु।’

पाठ्यपुस्तक, पोशाक, रजिष्ट्रेशन फारम शुल्क राजश्वको बन्दोवस्त कुनै माध्यमको सहयोग लिएर उनीहरुको लागि उच्च शिक्षाको लागि आफूले पहलकदमी लिएको प्राचार्य पौडेलले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here