दाङमा ट्याक्टरबाट खसेर किशोरको मृत्यु

१९ साउन, काठमाडौं । दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहीबार बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार स्थानीय १५ वर्षीय सुशान चौधरीको खसेर मृत्यु भएको हो ।

frontline

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

ट्याक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here