कोलोराडोको स्थानीय राजनीतिमा नेपाली प्रतिनिधित्व खोज्दै दिपक बस्नेत

३ कात्तिक, कोलोराडो । अमेरिकाको कोलोराडो राज्यस्थित एरी टाउन काउन्सिलको डिस्ट्रिक्ट–२ बाट नेपाली मूलका दिपक बस्नेत स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् । 

आगामी नोभेम्बर ३ मा हुने निर्वाचनमा उम्मेदवारी दिएका बस्नेतले आप्रवासी समुदायका सरोकारलाई नीतिनिर्माणको तहसम्म पुर्‍याउने र स्थानीय विकासमा योगदान गर्ने लक्ष्य राखेका छन् ।

frontline

सन् १९९८ देखि अमेरिकामा बस्दै आएका बस्नेतले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा सार्वजनिक सेवा र समुदायको नेतृत्व गर्ने अवसरका रूपमा लिएको बताएका छन् । उनका प्राथमिकतामा सुरक्षित छिमेक, परिवारमैत्री समुदाय, स्थानीय विकास र जवाफदेही नेतृत्व छन् ।

बस्नेतका अनुसार अमेरिकामा बसोबास गर्ने नेपालीले मातृभूमिसँगको सम्बन्ध कायम राख्दै आफू बसेको समाजको विकासमा पनि सक्रिय भूमिका खेल्नुपर्छ । नेपाली समुदायको उपस्थिति बढ्दै गएको अवस्थामा स्थानीय राजनीतिक प्रक्रिया बुझ्ने, सार्वजनिक निर्णयमा सहभागी हुने र निर्वाचित नेतृत्वमा आप्रवासीको प्रतिनिधित्व बढाउने आवश्यकता उनले औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here