आईओसीबाट घटेर आयो इन्धनको मूल्य

१६ साउन, काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ ।

सोमबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल र हवाई इन्धनको मूल्यमा निगम नाफामा गएको छ भने डिजेल र खाना पकाउने ग्याँसमा अझै घाटा रहेको निगम स्रोतले बतायो ।

frontline

नयाँ मूल्यअनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटरमै १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ । यस्तै डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ । खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ भने डिजेलमा ९ रुपैयाँ ५० पैसा अझै घाटा छ । यस्तै एलपीजीमा ५ सय रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको निगमको दाबी छ ।

नयाँ मूल्यपछि पछिल्लो १५ दिनमा निगमलाई समग्रमा ६४ करोड रुपैयाँ घाटा रहेको भन्दै निगमले उपभोक्ता मूल्य घट्ने नघट्ने बारे बोर्ड बैठकले निर्णय गर्ने जनाएको छ ।

बोर्ड अध्यक्ष एवं वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय मुलुकबाहिर भएका कारण बोर्ड बैठक नै अनिश्चित भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here