२४ घण्टामा थप १२१ संक्रमित, ६७८ सक्रिय संक्रमित

२६ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो ।

frontline

सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएका छन् । यहाँ ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या बढेर ६७८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here