आयल निगमद्वारा पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारलाई विभिन्न उपायहरु सिफारिस

२१ असार, काठमाडौं । सोमबार नेपाल आयल निगमले सरकारलाई पेट्रोलियम पदार्थको खपत कम गर्न बुँदागत रुपमा विभिन्न १० बुँदे सुझाव तथा उपायहरु  सिफारिस गरेको छ ।

दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिनेदेखि आइतबारकाे खारेज बिदा पुनः ब्युताउनेसम्मका सुझाव तथा उपायहरु निगमले सरकारसमक्ष सिफारिस गरेको छ ।

frontline

पछिल्लो समय झन् झन् घाटामा गइरहेको निगमको आर्थिक अवस्था र भारतसँग तेल आपूर्ति गर्दा लागेको ऋण बढेसँगै निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारलाई विभिन्न उपायहरु सिफारिस गरेको छ ।

सिफारिस पत्रमा दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिन प्रस्ताव गरिएको छ । प्रस्तावमा एक पटकमा २ पांग्रे मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर दिन सकिने भनिएको छ ।

यस्तै, खारेज भएको जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन सकिने, छोटो दुरीका सवारी सधनको प्रयोगमा बन्देजलगायतका व्यवस्थाहरु पनि अघि सारिएको छ ।

यसैगरी यसअघि राजपत्रमा नै जारी गरेर ल्याइएको र फेरि पछि हटाइएको आइतबारको सार्वजनिक बिदा पनि ब्युँताउनु पर्ने अवस्था आएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here