बुढानीलकण्ठमा एक जनाको हत्या
१९ फागुन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ-५, थाकथोकमा एक जनाको हत्या भएको छ ।
बुढानीलकण्ठ–४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् ।
प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो । तर सनाखत हुन सकेको थिएन । ‘
शंकास्पद लागेपछि अनुसन्धानमा सहयोग गर्ने प्रहरी कुकुरसहितको टोली लिएर अनुसन्धान थालेका थियौं’ एसपी मैनालीले भने, ‘पछि घटनामा दुई जनाको संलग्नता देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । उनीहरुले बयानका क्रममा राउतलाई बाँसले टाउकोमा हानेको भनेका छन् ।
अनुसन्धान अधिकृतहरुका अनुसार याकुभ र करणलाई मृतक राउतले ३५ हजार रुपैयाँ दिनुपर्ने थियो ।
त्यो दिन नमानेपछि झगडा परेको र त्यही क्रममा ज्यान रहेको हुनसक्ने देखिएको अधिकृतहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्