२४ घण्टामा ३५० संक्रमित, ४ को मृत्यु

७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ९६ स्वाब परीक्षण गर्दा ३५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

frontline

तीन हजार ५३८ को पीसीआर परीक्षण गर्दा १९८ जनामा र तीन हजार ५५८ जनाको एन्टिजन परीक्षण गर्दा १५२ जनामा कोरोना देखिएको हो।

त्यस्तै, कोरोनाबाट चार जनाको मृत्यु भएको छ। शुक्रबार दुई जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार २७२ जना निको भएका छन्। निको हुनेको संख्या पनि नौ लाख ५० हजार ५६ पुगेको छ। अझै १३ हजार ३५७ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here