काठमाडौं उपत्यकाको जोर–बिजोर प्रणाली भोलि बाट हट्ने

२३ माघ, काठमाडौ । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा लागू गरिएको जोर–बिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

frontline

कोरोना भाइरस संक्रमण ह्वात्तै बढेपछि जोर–बिजोर प्रणाली लागू गरिएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारी साधनमा भने जोर–विजोर प्रणाली कायमै थियो ।

केही दिन अघि ट्याक्सीमा लागू गरिएको जोर–विजोर प्रणाली पनि हटाउनुपर्ने माग गरिएको थियो ।

बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सोमबार (भोलि)देखि जोर–विजोर प्रणाली हटाउने निर्णय भएको जानकारी गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here