तुलसीपुरको एक विद्यालयमा ११ शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना पुष्टि

२३ पुस, तुलसीपुर । तुलसीपुरको गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरका ११ जना शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार बेलुका ५ बजेसम्मको रिर्पोटअनुसार रक्षाचौरको ११ जना शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए।

frontline

त्यस्तै सेन्टर माविमा १५ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। यसअघि तुलसीपुरका आश्वरा माध्यमिक विद्यालय बालमितेरी र जनता संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। 

तुलसीपुर क्षेत्रमा चार-पाँच दिनको अवधीमा हालसम्म ६९ जनामा संक्रमण पुष्टि भएको छ भने परिक्षण कार्य जारी रहेको छ ।

त्यस्तै बिहीबार ओमिक्रोन हो होइन भनेर परिक्षणका लागि २० जनाको स्वाब नेपालगञ्ज पठाइएको केसीले जानकारी दिए ।

स्वाबको नतिजा आउन कम्तीमा पनि एक हप्ता लाग्ने समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here