जन्सन एन्ड जन्सनको खोप नलगाउनुस : अमेरिकी स्वास्थ्य अधिकारी

३ पुस, काठमाडौं । अमेरिकी स्वास्थ्य अधिकारीले आफ्ना नागरिकलाई जन्सन एन्ड जन्सनको कोरोनाविरुद्धको खोप नलगाउन आग्रह गरेका छन्।

यसको साटो फाइजर वा मोडर्ना खोप दिनुपर्ने उनीहरूले बताएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

frontline

जन्सन एन्ड जन्सन खोपले दुर्लभ तर रगत जम्नेजस्ता गम्भीर अवस्था निम्त्याउन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन-सिडिसी) का सल्लाहकारहरूले जन्सन एन्ड जन्सन खोप लगाएपछि रगत जमेर ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

उनीहरूले हालसम्म फाइजर र मोडर्ना खोपमा यो समस्या नभएको र बढी प्रभावकारी भएको बताएका छन्।

समितिले फाइजर र मोडर्नाका खोपलाई प्राथमिकता दिन सिफारिस गर्‍यो र बिहीबार राति सिडिसीका निर्देशक डा. रोशेल भ्यालेन्स्कीले समितिको सिफारिस स्वीकार गरे।

अहिलेसम्म अमेरिकाले कोभिडविरुद्ध उपलब्ध तीनवटै खोपलाई मान्यता दिएको थियो।

यसअघि गरिएका अध्ययनहरूले तीनवटै खोपले कोरोनाविरुद्ध सुरक्षा दिने बताएका थिए। त्यतिखेर खोप प्रारम्भिक अवस्थामा रहेको र आपूर्ति सीमित भएको अवस्था थियो।

शुरुमा जन्सन एन्ड जन्सनको एक मात्रावाला खोपलाई सुरुमा निकै स्वागत गरिएको थियो।

एकैपटक मात्र लगाए हुने भएकाले यो खोपमा पहुँच नभएका मानिसहरूका लागि निकै सुविधाजनक मानिएको थियो।

सिडिसीका सल्लाहकारहरूले बिहीबारको बैठकमा खोप आउनासाथ एक वर्षअघिको मान्यतामा धेरै परिवर्तन भइसकेको स्वीकार गर्नुपर्ने समय आएको बताए।

२० करोडभन्दा बढी अमेरिकीलाई पूर्ण रूपमा खोप लगाइएको अनुमान छ र तीमध्ये लगभग १ करोड ६० लाखले जन्सन एन्ड जन्सन खोप लगाएका छन्।

सल्लाहकारले सर्वसम्मतिले फाइजर र मोडर्नाका खोपलाई प्राथमिकता दिनुपर्ने निर्णय गरे।

यदि कसैले जन्सन एन्ड जन्सनकै खोप लगाउन चाहन्छु भन्छ भने त्यसलाई उसकै चाहनाअनुसार लगाउन दिने विकल्प पनि खुला राख्न उनीहरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here