चीनमा पनि भेटियो ओमिक्रोन

२८ मंसिर, बेइजिङ ।  चीनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले ओमिक्रोन संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको हो ।

संक्रमित व्यक्तिको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमित व्यक्तिमा सुरुमा कुनै प्रकारको लक्षण नदेखिएको बताइएको छ।

frontline

पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले ५० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

पाकिस्तानमा समेत सोमबार नयाँ भेरियन्टको पहिलो केस फेला परेको थियो ।

बेलायतमा सोमबार नै ओमिक्रोनका संक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।

ओमिक्रोनबाट मृत्यु भएको विश्वमै त्यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here