माछापोखरीमा डुबेर शिशुको मृत्यु

१६ मंसिर, संखुवासभा । घरनजिकैको माछापोखरीमा डुबेर एक शिशुको मृत्यु भएको छ । मृत्यु हुने संखुवासभा मकालु गाँउपालिका–५ चौलाखर्कका हर्कबहादुर तामाङका ८ महिने छोरा सक्षम तामाङ हुन् ।

उनी घरआँगनमा खेल्दाखेल्दै नजिकैको माछापोखरीमा डुबेका थिए ।

frontline

पोखरीमा डुबेर घाइते भएका शिशुलाई उपचारको निम्ति प्राथमिक स्वास्थ्य केन्द्र नुम पुर्याइएको थियो । शिशुको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here