दलितकी छोरीलाई दयाले मन्त्री बनाएको ठान्छन्, तर यो दया होइन, वर्षौंको रगत–पसिनाको अधिकार हो’

विराटनगर । विराटनगरस्थित कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यकक्ष । टेबलमा फाइलहरू छन्, ढोकामा आगन्तुकहरू फाट्टफुट्ट आउँछन् । आउनेहरूमध्ये कसैले बधाईका खादा लगाइदिन्छन्, कसैले आफ्नो गाउँको बाटो, पुल वा योजना पारिदिन मागपत्र बोकेका छन् । यही भिडको केन्द्रमा हुन्छिन् राज्यमन्त्री सपना परियार (सन्ध्या) ।

माओवादी सशस्त्र युद्धको कठिन भूमिगत जीवन, त्यसपछिको खुला राजनीतिक संगठन र प्रदेश सभाको रोष्टममा दलित तथा सीमान्तकृतका मुद्दामा खरो बोल्ने सांसद हुँदै उनी कार्यपालिकाको कुर्सीमा आइपुगेको झन्डै दुई महिना बितेको छ ।

frontline

यो दुई महिनाको अवधिमा सपनाले राज्यसत्तालाई नजिकबाट नियाल्ने, बुझ्ने र भोग्ने अवसर पाएकी छन् । उनले राज्यमन्त्री बनेपछि नै सत्तामा फरक अनुभूति भएको बताइन् । उनले भनिन्, ‘राज्यसत्तामा हुनु र नहुनुमा निकै ठुलो फरक हुँदो रहेछ । सत्ता र शक्ति भनेको यस्तो चिज रहेछ, जसले समाजको हेर्ने दृष्टिकोण नै बदलिदिन्छ । म यो कुर्सीमा आएपछि मान्छेहरू निकै उत्साह र अपेक्षा बोकेर आउनुभयो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here