रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर । विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ । 

The current image has no alternative text. The file name is: mpuja.jpg

विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मयणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको हो । राति नै नवदुर्गा देवगृहतर्फ जाने र तलेजु दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रसहित ढोग गरी तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको हो ।  

frontline

खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योःलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ । 

तलेजुका पूर्व मूल नाइके नरेन्द्रप्रसाद जोशीले बडादसैँको मध्य राति तलेजु आगम घर (मन्दिर)को खँ कुथि कोठाबाट तान्त्रिक विधि पूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायः द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने जानकारी दिए । 

पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाउने परम्परा रहेको सस्कृितविद् प्रकाश कायस्थले जानकारी दिए । 

संस्कृतिविद् कायस्थका अनुसार राति तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) ल्याएपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्धारा मन्त्रसिद्धि प्रदान गरिन्छ । तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिप छि पाय द्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन छ । 

चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा लैजाने परम्पराअनुसार यस वर्ष तल्लो क्षेत्र राति खौमा, इताछे, टेखापुखु, वंशगोपाल, तौमढी पुगेर तलेजुलाई नवदुर्गा दर्शन गरेपछि नवदुर्गा सिद्धि हुने परम्पराअनुसार जात्रा मनाइएको छ । 

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा हुने सुरु हुने परम्परा छ । 

जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाएपछि तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइ भक्तपुर नगरमा डुलाएर घोडा जात्रा गर्ने परम्परा छ । जात्राको क्रममा ब्रह्मायणी र तलेजुलाई नगरको विभिन्न क्षेत्रका परिक्रमा गराउने क्रममा तलेजुको बाहन सेतो घोडालाई पछि–पछि परिक्रमा गराएर जात्रा मनाउने परम्परा छ । विगत दुई वर्षदेखि भने घोडेजात्रा रोकिएको छ । यसबारे जात्राका आयोजकहरुले आधिकारिक जानकारी दिएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here