एमाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन, अध्यक्षमा ओली सर्वसम्मत

१ मंसिर, काठमाडौंआगामी १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारीमा रहेको नेकपा एमालेले अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत गराउने गृहकार्य गरिरहेको छ ।

अध्यक्ष पदमा ओली निर्विकल्प देखिए पनि उहाँलाई उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले चुनौति दिने संकेत गर्नुभएको छ । रावल र भुसालले अध्यक्षमा उम्मेदवारी दिने अभिव्यक्ति सार्वजनिक रुपमै दिइसक्नुभएको छ ।

frontline

यद्यपि ओली पक्षले रावल र भुसाललाई खासै चुनौतिपूर्ण रुपमा भने लिएका छैनन् । त्यसो त अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेको एमाले स्रोतको भनाइ छ ।

सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनबाट एमालेले एक ढिक्का रहेको सन्देश दिन खोजेको स्रोतको दाबी छ ।

तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ ।

चितवनमा मङ्सिर १० देखि १३ गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी चुनिनेछन् । त्यस्तै, २ सय २५ केन्द्रीय सदस्य चयन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here