युरोपमा ग्यासको मूल्य बढ्यो १० प्रतिशतले
१ मंसिर, युरोप । युरोपमा ग्यासको मूल्य १० प्रतिशतले बढेको छ । जर्मनीका अधिकारीहरुले बाल्टिक सागर हुँदै जाने नर्ड स्ट्रिमका दुई विवादित ग्यास पाइपलाइन परियोजनालाई दिएको स्वीकृति रद्द गरेका थिए ।
स्वीटरजरल्याण्डमा रहेको कम्पनीले जर्मनीमा नयाँ कम्पनी स्थापित गरेपछि मात्रै परियोजनाले स्वीकृति पाउनेछ ।
पाइपलाइनको काम यसै वर्ष पूरा भएको थियो र त्यसपछि रुसबाट युरोप जाने ग्याँसको मूल्य दुई गुणा हुने थियो । तर जर्मनीले स्वीकृति नदिएसम्म पाइपलाइनबाट आपूर्ति हुनेछैन ।
यसले युरोपेली संघको स्वीकृति पनि प्राप्त गर्नुपर्नेछ । नर्ड स्ट्रिम युक्रेनजस्ता देशलाई बाइपास गर्दै युरोप पुग्छ । आलोचकहरुले यसबाट युरोपेली संघको रुससँगको निर्भरता बढ्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्