कोप -२६ औं संस्करणका अध्यक्ष आलोक शर्माले उठाए नेपालका मुद्धा

१७ कात्तिक, काठमाडौं : संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धी (युएनएफसीसीआई) कोपको -२६ औं संस्करणका अध्यक्ष आलोक शर्माले नेपालका मुद्धा उठाएका छन् ।  उनले संसारभरका प्रतिनिधिमाझ जोमसोमको घटना सुनाएर सबैको ध्यान नेपालतिर तानेका हुन्। जोमसोममा जलवायु परिवर्तनले पारेको प्रभाव आफैले देखेको औपचारिक रुपमा कोप उद्घाटन गर्दै उनले सुनाए। सो विषय कोपका अध्यक्षले उठाइदिएपछि नेपाललाई थप सहयोग पुगेको विज्ञहरुले बताएका छन् । 

कोप सम्मेलनमा सहभागी हुन ग्लास्गो पुगेका जलवायु विश्लेषक मन्जित ढकालका अनुसार शर्माको कोप २६ को औपचारिकरुपमा अध्यक्षता ग्रहण गरेपछिको यो पहिलो भाषण हो । अघिल्लो कोपको अध्यक्षता चिलीले गरेको थियो । उनले पहिलो भाषणमै नेपालको कुरा उठाएकाले महत्वपूर्ण मानिएको बताए। ‘उनले अत्यन्त महत्वपूर्ण फोरममा नेपालको मुद्धा उठाए । त्यो पनि प्रमुख उद्घाटनको क्रममा,’ ढकालले भने,’उनले बोलेको पहिलो वाक्य नै नेपाल थियो।’ 

frontline

सम्बोधनका क्रममा उनले आफूले विश्व भ्रमण गरेको प्रसंग पनि सुनाएका थिए । त्यसैक्रममा उनले मुस्ताङका स्थानीयले जलवायुको जोखिम भोगिरहेको अवस्थाबारे बुझ्ने मौका पाएका थिए। ढकालले भने, ‘नेपालले उठाउनुपर्ने विषय उनी आफैले उठाइदिए। यसले प्रधानमन्त्रीको सम्बोधनका लागि पनि राम्रो वातावरण तय गरिदियो ।’

उनले नेपालको विषय उठान गर्नु महत्वपूर्ण भएपनि त्यसलाई नेपालले कसरी पछयाउँछ भन्ने विषय अर्थपूर्ण रहेको ढकालले बताए । आगामी दिनमा छलफल गर्न सजिलो बनाइदिए पनि नेपालको टिमले कतिको पछ्याउन सक्छ । त्यसले ठूलो महत्व राख्ने उनले बताए । 

प्रधामन्त्री देउवालगायत विभिन्न देशका राष्ट्र प्रमुखहरुले सोमबार र मंगलबार सम्बोधन गरेका छन् । जसलाई ‘लिडर समीट’ भनिएको छ। त्यसबाहेक द्धिपक्षीय तथा अन्य खालका साइड बैठकहरु चलिरहेका छन् । नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिवद्धता प्रस्तुत गरिसकेको छ। त्यसैगरी संसारका सयभन्दा धेरै मुलुकले बन विनास रोक्ने र बनलाई पुरानो अवस्थामा फर्काउने, सन् २०३० सम्ममा विश्वभरी ४६ प्रतिशत मिथेन ग्यास न्युनिकरण गर्ने र ७० प्रतिशत अर्थतन्त्र बढाउनेलगायतका निर्णय भइसकेका छन् । 

कोप सम्मेलनमा ग्लास्गो पुगेका अर्का जलवायुविज्ञ विमल रेग्मीका अनुसार अध्यक्ष शर्माले नेपाल आएको बेला जोमसोमका स्थानीयसँग जलवायु परिवर्तनले निम्त्याएको जोखिमको बारेमा छलफल गरेका थिए ।

उनी जलवायुजन्य प्रभाव अध्ययनका क्रममा गत फेब्रुवरीमा नेपाल आएका थिए । शर्मासँग स्थानीयले पानीको संकट अत्यधिक भोगेको, पहिलाको तुलनामा छोटो समयमा ठूलो र अत्यधिक पानी पर्न थालेको, आकस्मिक बाढी (फ्लास फ्लड) भोग्नु परेको, सुख्खा खडेरी बढेको अनुभव सुनाएका थिए । 

त्यसैगरी पानी अभावमा गाउँ नै बसाइ सर्नुपरेको गुनासो उनीहरुले गरेका थिए । रेग्मीका अनुसार शर्माले जलवायुबाट मान्छेहरु कसरी प्रभावित भइरहेका छन् भन्ने विषयमा नेपाललाई ‘हाइलाइट‘ गरेका हुन् ।  उनले भने, ‘गरिब देशका गरिब जनतालाई जलवायुले धेरै प्रभाव गरेको छ । नेपाल जोखियुक्त छ भनेर अरुको ध्यान केन्द्रित गरे ।’

शर्माले नेपालको विषय उठाएपछि अन्य मुलुकका प्रतिनिधिहरुले चासोका साथ लिएको अनुभव रेग्मीले बाँडे । भ्रमणको समयमा शर्माले नेपालका आवाज सम्बन्धित ठाउँमा उठाउने बचन दिएका थिए। 

हिमाली क्षेत्रमा अत्यन्त जोखिम देखेको र हिमालहरु पग्लदै जाँदा हिन्दुकुश हिमालयन क्षेत्रका स्थानीयका लागि चुनौती थपिएको उनले बताएका थिए । विशेषगरी महिलाहरु जलवायुको जोखिममा परेको र नेपालका महिला अझै धेरै असमानुपातिक ढंगले विभिन्न प्रकारका जोखिममा रहेको शर्माले बताएका थिए । उनले यहाँका महिलाका आवाज उठाउने र सहयोग गर्ने बचन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here