मागभन्दा उत्पादन बढी भएकोले बत्ति नजानेमा ढुक्क हुन कुलमानको आश्वासन

१७ कात्तिक, काठमाडौंनेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा १५ सय मेगावाट उच्च माग पुग्ने अनुमान गरेको छ। हालसम्म १६२० मेगावाटसम्म उच्च माग रहेकोमा तिहारमा बढिमा १५ सय पुग्ने कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

मागभन्दा उत्पादन बढी नै भएकोले बत्ति नजानेमा ढुक्क हुन उनले आश्वासन दिए। घिसिङका अनुसार हाल प्राधिकरणमा २ हजार मेगावाट बढी जडान भएको छ भने उत्पादन क्षमता १६ सय मेगावाट हाराहारीमा छ। खपत बढाउन नसक्दा दिनको समयमा २ सय मेगावाट र रातको समयमा ५०० मेगावाट दैनिक विद्युत खेर गइरहेको बताइएको छ। 

frontline

तिहारको समयमा विद्युत बढी खपत गर्ने उद्योग, कलकारखाना लगायत बन्द हुने हुँदा कुलेखानी जलविद्युत आयोजना नचलाइकन नै माग धान्न सकिने घिसिङले बताए। अघिल्लो वर्ष यसै दिन करिब १३ सय मेगावाट विद्युत माग रहने प्रक्षेपण गरेको भएपनि माग भने करिब ११ सयको हाराहारीमा मात्र भएको थियो। 

उत्पादन बढेपनि पुराना संरचना र अपर्याप्त उपकरणहरूका कारण वितरण प्रणालीमा भने समस्या रहेको घिसिङको भनाइ छ। विद्युतीकरणका लागि ट्रान्सफरमर, तार, मिटर जस्ता उपकरणहरू आवश्यक मात्रामा नभएकोले वितरण प्रणालीमा बत्ति आउने/जाने गरेको कार्यकारी निर्देशक घिसिङले बताए। उनका अनुसार प्राधिकरणले नयाँ ३ हजार ट्रान्सफरमर र ७ लाख मिटरका लागि टेन्डर गरिसकेको छ। 

यस्तै, आगामी हिउँदमा अघिल्लो वर्षको तुलनामा कम विद्युत आयात गरिने प्राधिकरणले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here