तालिवानका शीर्ष नेता हैवतुल्लाह आखुन्दजाद पहिलो पटक सार्वजनिक

१६ कार्तिक, काबुल : तालिवानका शीर्ष नेता पहिलो पटक सार्वजनिक रुपमा उपस्थित भएका छन्। शीर्ष नेता हैवतुल्लाह आखुन्दजाद पहिलो पटक सार्वजनिक रुपमा आइतबार उपस्थित भएका हुन्।

पहिलो पटक सार्वजनिक रुपमा देखा परेका उनले तालिबान लडाकु र आफ्ना चेलाहरुसमक्ष भाषण गरेको अधिकारीहरुले बताएका छन्। 

frontline

आखुन्दजादले अफगान सहर कान्दहरमा पहिलो पटक सार्वजनिक रुपमा आफ्नो अनुहार देखाएको तालिबानले घोषणा गरेको छ।

सन् २०१६ को इस्लामिक आन्दोलनमा आध्यात्मिक प्रमुखको भूमिका निभाएका उनी त्यसयता सार्वजनिक रुपमा उपस्थित नभएको बताइएको छ। 

तालिबानको नयाँ सरकार बनेपछि आखुन्दजाद पहिलो पटक सार्बजनिक रुपमा उपस्थित भएको तालिबानले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here