म्याग्दीमा पुल निर्माणपछि साढे दुई घण्टाको बाटो ४५ मिनेटमा छोटियो

सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगंगा गाउँपालिका- ५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको छ।

रघुगंगा गाउँपालिका–४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुलका साथै बुग्ल हुँदै झिँ जोड्ने सडक निर्माण भएपछि साढे दुई घण्टा लाग्ने बाटो ४५ मिनेटमा छोटिएको हो।

frontline

रघुगंगा हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाले हालै बुग्लमा ट्रस प्रविधिको ४० मिटर लामो यो पुल र सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुग्लदेखि झिँ जोड्ने सात किलोमिटर सडक निर्माण गरेको छ।

झिँका वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले राहुघाटमा मोटरेबल पुल र सडक बनेसँगै झिँ र पाखापानी र कुइनेका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवतजावतका……….

https://statementandresponse.com/public/user/baglung#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here