२४ घण्टामा ३६५ संक्रमित, ४ को मृत्यु
२७ असोज काठमाडौं : मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ६ सय जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय २६ जना र १ हजार ९ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९७ हजार १३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भए,
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५ सय ९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ३१ हजार ३०८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्