ठाकुरबाबा न.पा.बाट वेपत्ता भनिएका तीनै किशोरी फेला

श्रोत : ईन्टरनेट

आईतबार, बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट वेपत्ता भएको भनिएका तीनै जना किशोरीहरु फेला परेका छन् ।
उनीहरु शुक्रबारदेखि बेपत्ता भएको भन्दै खोजी गरिदिन परिवारजनले आग्रह गरेका थिए ।

तीनै जना किशोरीहरु पश्चिम नवलपरासीको बर्दघाटमा भेटिएका हुन । नेपालगन्ज देखी काठमाण्डौ जाने क्रममा ना ६ ख ८४४२ नम्बरको बसमा सवार सावित्री बराइली, यमुना परियार र अनिता पुन मगरलाई बसका चालक कैलाशराम सुनारले पहिचान गरे ।

frontline

त्यसपछि उनले ईलाका प्रहरी कार्यालय बर्दघाटमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा शनिबार बर्दघाटमा फेला पारिएको र परिवारको सम्पर्कमा आइसकेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको परिवारलाई खवर गरिसकेको र परिवार आएपछी ती शिोरीहरुलाई बुझाइने जिल्ला प्रहरी कार्यालय परासीले जानकारी दिएको छ ।

तीनै जना वेपत्ता भएपछि सावित्रीका दाजु पूर्णबहादुर बराईलीले प्रहरीमा खोजीका लागि निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here